एजेन्सी – स्पेनिस संचारमाध्यमले रोनाल्डो रियल म्याड्रिड फर्कने भन्दै समाचार जारी गरेपछि प्रशिक्षक कार्लो एन्चेलोटिले पनि सामाजिक संजालबाट उक्त हल्ला निराधार रहेको बताएका थिए । त्यसपछि रोनाल्डोले पनि मंगलबार नै रियल म्याड्रिडसँग आफ्नो यात्रा सफल रहेको र आफू पूर्ण रुपमा त्यसबाट सन्तुष्ट रहेको बताएका हुन् ।
सबैलाई थाहा छ म आफ्नो काममा कति केन्द्रित हुन्छु भन्ने । कम कुरा र धेरै काम गर्नु मेरो खेल जीवनको सुरुवातदेखिको आदर्श हो’, उनले इन्स्टाग्राममा लेखेका छन्, ‘पछिल्लो समयमा मेरा बारेमा जे जति लेखिएका छन् त्यसमा आफ्नो धारणा प्रष्टपार्न चाहन्छु । यो सबै एउटा मान्छे र खेलाडीका रुपमा त्यो अपमान भन्दा बढी हो । यसमा जोडिएका क्लब र त्यसमा कार्यरत स्टाफहरुलाई पनि न्यायोचित छैन ।’
सञ्चारमाध्यममा त्यसरी चर्चा गरिनु, त्यसमा क्लबहरुलाई समेत समावेश गराइनु, अन्य खेलाडी र स्टाफलाई उद्धत गर्नु ती सबै अपमान नै भएको रोनाल्डोको निष्कर्ष छ ।


