Saturday 27 June 2026 / शनिबार, १३ असार २०८३

दुवै मिर्गौला खराब भएका राष्ट्रिय क्रिकेट खेलाडी कुन्दनसिंह राजपूतको २३ वर्षको उमेरमा मृत्यु भएको छ ।

एक वर्षदेखि दुवै मिर्गौला खराब हुँदा उपचार गराउँदै आएका उनको आइतबार बिहान जलेश्वर नगरपालिका ९ मा मृत्यु भएको हो ।

२४ वर्षीय कुन्दन विगत लामो समयदेखि मिर्गौलाको उपचार गराउँदै आएका थिए। डायलायसिस गराइरहेका उनको आर्थिक अभावका कारण उनको मिर्गौला प्रत्यारोपण हुन सकेको थिएन।

दुई वर्षअघि काठमाडौंमा भएको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय प्रतियोगितामा कुन्दनले प्रदेश २ बाट खेलेका थिए । आर्थिक अवस्था कमजोर भएका उनलाई बचाउन ‘कुन्दनसिंह बचाउ अभियान’ समेत चलाईएको थियो ।

कुन्दनको निधनमा नेपाल क्रिकेट संघ (क्यान) ले श्रद्धान्जलि व्यक्त गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय