काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देश समाजवादको नयाँ मोडेल खोज्ने दिशातिर गइरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले भने, ‘एमालेभित्र विद्रोह गरेर माधव नेपालजीले एमाले समाजवादी भनेर फेरि अर्को पार्टी सुरुवात गर्नु भएको छ, यसले के देखाउँछ भने फेरि नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ । त्यो अबको आवश्यकता हो ।’
उनले भने, ‘एउटा बाघ बुढो भए पनि घाँस खाँदैन भनेझैं हामीले घाँस खान हुँदैन । घाँस नखाइकन हामीले हाम्रो ब्रह्मलाई केन्द्रमा ल्याएर सोच्यौं भने एउटा निकास दिन सक्छौं ।’


