Wednesday 2 September 2026 / बिहीबार, १८ भाद्र २०८३

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशका प्रदेश प्रमुखमा सङ्खुवासभाका यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम शर्मालाई आज प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

यसअघि राष्ट्रपतिले सरकारकै सिफारिसमा संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँलाई आजै पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय