Tuesday 1 September 2026 / मंगलवार, १६ भाद्र २०८३

काठमाडौं,नेपाली युवा बक्सर छिरिङ शेर्पाले एसियन युथ र जुनियर बक्सिङ च्याम्पियनसिपमा कास्य पदक पक्का गरेका छन् ।

युएईको दुबईमा भएको प्रतिस्पर्धामा छिरिङ ५४ केजी तौल समूहमा कुवेती बक्सर मोहमेद एलिनिजीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका छन्।

जुनियर स्पर्धामा स्वर्ण जित्ने खेलाडीले चार हजार, रजत जित्नेले दुई हजार र कास्य पदक विजेताले एक हजार अमेरिकी डलर पाउने छन्।

युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ केजीमा नारिका राईले सहभागिता जनाएका छन् ।

शनिबार नै इन्द्र इरानका पारसी मोहमदसँग पराजित भएका थिए । यस्तै सुदेन उज्वेकिस्तानको अब्दुल्लाएभ अलोकोनसँग हारेका थिए । एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बुधबार दुबई प्रस्थान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय