Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

पोल्याण्डमा संचालन भएको पाचौं संस्करणको मिष्टर सुप्रानेसनल प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएका डा. सन्तोष उपाध्यायले थर्ड रनर अपको उपाधि जित्न सफल भएका छन् । मिष्टर सुप्रानेसनलमा नेपालको तर्फबाट यो पहिलो सहभागिता हो । यही अगष्ट २२ तारिखमा पोल्याण्ड मालोपोल्स्कास्थित नावी साक्जमा अवस्थित स्ट्रजेलेक्की एम्पीथिएटरमा संचालन भएको सो प्रतियोगितामा नेपाल लगायत विश्वका ३४ राष्ट्रका युवाहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको मिष्टर इन्फ्लेन्सरको अवार्ड जितेसंगै टप ट्वेन्टीमा आफ्नो स्थान बनाउन सफल डा. सन्तोष यस पछाडि टप टेन र टप फाइभ हुँदै आफ्नो यात्रा तय गरेका थिए । प्रतियोगितामा मिष्टर ट्यालेन्टको अवार्ड पनि जित्न सफल उनी सुप्रा फ्यान भोट विधामा पनि उत्कृष्ट दश भित्र रहेका थिए । मिष्टर सुप्रानेसनल २०२१ को उपाधिमा भने पेरुका भारो भार्गस विजेता बनेका थिए । यसैगरी टोगोका आब्डल कासिम टेफ्रीडी फस्ट रनर अप, विलियम बाडेल सेकेन्ड रनर अप तथा स्पेनमा लुकास मुनोज आलोन्सो फोर्थ रनर अपका रुपमा चयन भएका थिए ।
३० वर्षिय डा. सन्तोषले यस अघि अघिल्लो वर्ष भर्चुअल रुपमा संचालन गरिएको सुप्रा स्टार सर्च कम्पिटिसनको विजेता बनेपछि उनले मिष्टर सुप्रानेसनल २०२१ म नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेका हुन् । डा. सन्तोषले वर्ष २०१९ मा मिष्टर नेपाल वल्र्ड २०१९ को मुख्य उपाधि जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय