Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

पछिल्लो समयमा बलिउड अभिनेत्री बिदिता बाग बोल्ड फोटोशुटका कारण भाइरल भएकी छिन् । टपलेस फोटोशुटका तस्वीरहरु आफ्नो इन्स्टाग्रामका पोस्ट गरेसंगै अभिनेत्री बिदिता एकाएक सोशल मिडियामा भाइरल भएकी हुन् । उनले आफ्नो पोस्टमा आफू कहिल्यै बिकिनी तर्फ आकर्षित नभएको तर साडीलाई नै बोल्ड अन्दाजमा प्रस्तुत गर्न सकिने भएकाले आफू साडीमा यसरी प्रस्तुत भएको कुरा उल्लेख गरेकी छिन् ।
तस्वीरहरुमा उनी टपलेस देखिएकी छिन् । साडीमा देखिएको बोल्ड अन्दाजलाई उनका प्रशंसकहरुले पनि निकै रुचाएको बताइन्छ । बिदिता यतिखेर आफ्नो वेभ सिरिज द मिसिङ स्टोनका कारण निकै चर्चामा रहेकी छिन् ।
व्यवसायिक मोडल समेत रहिसकेकी अभिनेत्री बिदिता बगाली, आशामीज् ओडिया र हिन्दी भाषाका चलचित्रहरुमा देखिसकेकी छिन् । टी फोर ताज महल, बाबुमोसाई बन्दूकबाज, द शोलो गर्ल, थ्री सिस्टर्स एण्ड अ ड्रीम जस्ता चलचित्रहरुमा उनको अभिनय हेर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर