Thursday 10 September 2026 / बिहीबार, २५ भाद्र २०८३

काठमाडौँ, पछिल्लो २४ घण्टामा २,५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २,५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २,०८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै ३५ जनाको मृत्यु भएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ भने ७ लाख २ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय