Thursday 10 September 2026 / बिहीबार, २५ भाद्र २०८३

गोरखा, १२ गते शनिबारदेखि गोरखामा लगाइएको निषेधाज्ञा केही खुकुलो हुने भएको छ ।

बिहिबार सम्पन्न जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले गत साउन ३२ गतेअघिको झैँ आंशिक खुल्ला गर्ने निर्णय गरेको हो ।

बैठकले बजार, वैँक, लामो, छोटो दुरीका सवारी साधन(यातायात) खुल्ला गर्ने निर्णय गरेको छ ।

बैठकले बजार दिउसो दुई बजेसम्म खुलाउने,सार्वजनिक सवारी साधन र निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा चलाउने, राष्ट्रिय वाणिज्य वैँकबाहेक अरु सबै वैँक सुचारु गराउने, वाणिज्य वैँक भने अझै एकहप्तासम्म अहिलेझैँ बन्द गराउने निर्णय गरेको छ । त्यस्तै मालपोत, प्रशासनलगायतका कार्यालयहरु बारअनुसार सेवा सुचारु गराउने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय