Wednesday 2 September 2026 / बुधबार, १७ भाद्र २०८३

एजेन्सी, पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर सिटी आउनेबारे पछिल्लो समय युरोपेली फुटबलको ट्रान्सफर बजारमा चर्चा चलेको छ ।

रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले केहि दिनयता म्यानचेस्टर सिटीसँग रोनाल्डोको ट्रान्सफरबारे छलफल गरिरहेको पोर्चुगलका केहि संचारमाध्यमले जनाएका छन् ।

रोनाल्डोले केहि दिनअघि मात्र लामो संदेश लेख्दै आफ्नो भविष्यबारे अनावश्यक टीकाटिप्पणी नगर्न भनेका थिए । सँगै त्यसको केहि दिनमा युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले पनि रोनाल्डो युभेन्टस रहनेमा ढुक्क रहेको बताएका थिए ।

पछिल्लो केहि दिनयता रोनाल्डोकै आग्रहमा मेन्डेसले म्यानचेस्टर सिटीसँग छलफल सुरु गरेको संचारमाध्यमले जनाएका छन् । रोनाल्डोले युभेन्टसबाट च्याम्पियन्स लिग जित्ने सम्भावना नदेखेपछि सिटी जाने सोच बनाएका हुन् ।

तर रोनाल्डोको यो निर्णयले भने उनको पूर्व क्लब म्यानचेस्टर युनाइटेडका समर्थक रुष्ट हुने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय