Thursday 10 September 2026 / बिहीबार, २५ भाद्र २०८३

गण्डकी, गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सो अवधिमा ३५० सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमण भई ६ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा कास्कीका तीन, स्याङ्जाका दुई र पर्वतका एक छन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २७४ पुगेको निर्देशनालयले जनाएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ८६० पुगेको छ भने हाल तीन हजार ४२० होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय