Wednesday 2 September 2026 / बुधबार, १७ भाद्र २०८३

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्ट्स छाड्ने निर्णय गरेका छन् । पछिल्लो समय इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग नाम जोडिइरहँदा रोनाल्डोले युभेन्ट्स छाड्ने निर्णय गरेका हुन् ।

प्रिमियर लिग च्याम्पियन सिटीले ह्यारी केनलाई अनुबन्ध नसकेको अवस्थामा रोनाल्डोलाई क्लबमा अनुबन्ध गर्ने योजना बनाएको छ । पावेल नेडवेद र मासिमिलियानो एलेग्रीले रोनाल्डोलाई क्लबमै राख्ने प्रयास गरेपनि रोनाल्डोले क्लब छाड्ने निर्णयले उनीहरु दुखी भएका छन् । रोनाल्डोले प्रशिक्षणमा खेलाडीहरुसँग बिदा पनि लिइसकेको बुझिएको छ ।

प्रशिक्षक एलेग्रीले शुक्रबार रोनाल्डोले युभेन्ट्स छाड्ने निर्णय गरेको जानकारी दिए । रोनाल्डोको निर्णयसँगै युभेन्ट्स रोनाल्डोको प्रस्तावको पखाईमा रहेको छ । युभेन्ट्सले कम्तीमा पनि ३० मिलियन युरोको मग गर्न सक्ने आँकलन गरिएको छ । रोनाल्डोको एजेन्ट जोर्गे मेन्डेस म्यानचेस्टर सिटीसँगको सम्झौताका लागि अन्तिम कसरतमा छन् । पेप ग्वार्डिओला रोनाल्डो क्लबमा आउनेमा विश्वस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय