एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्डलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।
स्पेनिस पत्रिका मार्काका अनुसार युभेन्ट्सले रोनाल्डोको विकल्पमा अनुबन्ध गर्ने सम्भावित खेलाडीको सूचीमा हजार्ड शीर्षमा रहेका छन् । युभेन्ट्स र म्यानचेस्टर युनाइटेडबीच रोनाल्डोको विषयमा सहमति भइसकेको छ ।
रियलका लागि यो सिजन दुवै खेलमा पहिलो रोजाईमा खेलेका हाजार्डलाई केलियन एमबाप्पेको आगमनसँगै सुरुवाती ११ मा पर्न प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ । हाजार्ड रियलमा रहँदै नियमित फुटबल खेल्दै क्लबमा महत्वपुर्ण रहेको महसुस गर्न चाहन्छन् ।
हाजार्ड २०१९ मा इंग्लिस क्लब चेल्सीबाट १ सय मिलियन युरोमा रियल म्याड्रिडमा आएका थिए ।


