Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं, तेस्रो सहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ को आवेदन खुला भएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डको तेस्रो संस्करणको लागि आवेदन खुला गरिएको हो ।

तेस्रो सहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा २०७६ वैशाखदेखि २०७७ चैत्रसम्म बजारमा आएका गीतसंगीतले सहभागीता जनाउन सक्ने आयोजक अर्थ नेपालले जानकारी दिएको छ ।

जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अध्यक्ष मनोज थापाले जानकारी दिए । यस वर्ष अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको सहारा एपले सहकार्य गर्दै टाइटल स्पोन्सर गरेको छ ।

तेस्रो सहारा एप सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एकजना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय