Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

सुर्खेत, नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले वाममोर्चा बनाएर एमाले सिध्याउने प्रयास नगर्न पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।

सुर्खेतमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘अर्काे वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईंहरुले जित्नुहुन्न ।’

ज्ञवालीले माधव नेपाललाई चुनौती दिंदै अघि थपे, ‘आफूले आफूलाई सिध्याउने दिशामा लाग्नु भएको छ । एमालेको मत खोसेर हामी जित्छौं भन्ने नसोच्नुस् ।’

विगतमा नेपाल निकट मानिएका नेता ज्ञवालीले आफूहरुले एक महिनासम्म पार्टी फुटाउनु हुन्न अन्तर संघर्ष गरौं भनेर सम्झाउँदा पनि नमानेपछि साथ छोड्नु परेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय