एसके इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा संचालन भएको मिस एण्ड मिसेस् इन्डिजिनियस नेपाल २०२१ को फाइनल प्रतिस्पर्धामा मिस तर्फ नम्रता तामाङ र मिसेस्तर्फ आशा थापा विजेताका रुपमा चयन भएका छन् । प्रतियोगितामा मिस इन्डिजिनियस नेपाल २०२१को ताज पहिरिएकी नम्रताले पर्सनालिटी विधाको अवार्ड पनि जितिन् भने मिसेस् इन्डिजिनियस नेपाल २०२१ को ताज पहिरिएकी आशाले ट्यालेन्ट र फोटोजेनिक विधाको अवार्ड पनि उचाल्न सफल भइन् । मुख्य उपाधि विजेता दुवैजनाले जनही रु पचास हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको मिस विधातर्फ भिअर च्वाइस, पब्लिक च्वाइस र पङ्चुयल विधा सहित विनिशा गुरुङ फस्ट रनर अप भइन् भने पपुलर र कन्फिडेन्ट विधाको अवार्ड सहित मुना बुढामगर सेकेन्ड रनर अपका रुपमा भइन् । यसैगरी वेष्ट वाक र फोटोजेनिक अवार्ड सहित सविना गुरुङले थर्ड रनर अपको स्थान हासिल गरिन् । 
मिसेस् तर्फ सिता तामाङ भिअर च्वाइस र पर्सनालिटी विधा सहित फस्ट रनर अप, पङ्चुअल फ्रेन्ड्ली विधा सहित लक्ष्मी गुरुङ सेकेन्ड रनर अप बनिन् । यसैगरी निरु राई वेष्ट स्कीन अवार्ड सहित थर्ड रनर अप चयन भइन् । बालुवाटारस्थित डेलिस ओपेरा रेष्ट्रो एण्ड ब्याङ्क्वेटमा संचालन गरिएको सो कार्यक्रममा बागमती प्रदेशका उप सभामुख राधिका तामाङको मुख्य आतिथ्य रहेको थियो भने कार्यक्रम कोरियोग्राफी संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।


