Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं,कलाकार निशा घिमिरेको निधन भएको छ । करिब तीन महिना अघिदेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराई रहेकी घिमिरेको बुधबार निधन भएको हो ।

केही म्युजिक भिडिओ र केही फिल्ममा समेत अभिनय गरेकी घिमिरेको उद्दार गरि अस्पतालले निःशुल्क उपचार गर्दै आएको थियो । कलाकार घिमिरेको नर्भिकका प्रबन्ध संचालन मेघा चौधरीले गत जेठ २७ गते केही समाजसेवीको सहयोगमा उद्धार गरेर उपचार सुरु गरेकी थिईन् ।

५० लाखभन्दा बढी रकम खर्च गरेपनि अस्पतालले निशालाई बचाउन भने सकेन । मंगलबार अस्पतालले पत्रकार सम्मेलन गरेर घिमिरेको स्वास्थ्मा सुधार नआएको जानकारी गराएको थियो ।

पत्रकार सम्मेलनमा निशाका बुवा प्रेम घिमिरेले छोरीलाई लिएर टीकटक लगायतका सामाजिक संजालमा भ्रामक भिडिओ पोस्ट भएको भन्दै कार्वाहीको माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय