Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

स्याङजा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

गृह नगर स्याङ्जाबाट सभापतिमा उम्मेद्वारी घोषणा गर्दै श्रेष्ठले वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूलाई साथ दिनुपर्ने बताए । गुटरहित कांग्रेस बनाउने अभियानलाई सार्थक बनाउन आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको श्रेष्ठले बताए । सनातन धर्मसहितको धार्मिक स्वतन्त्रता आफ्नो एजेण्डा रहेको समेत उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय