Sunday 6 October 2024 / सोमबार, २१ आश्विन २०८१

रसुवा, हाकु वन जङ्गलमा लागेको डडेलो नियन्त्रणमा लिन सकिएको छैन । सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन चपेटामा परेको छ ।

भीरपाखा र असहज स्थानमा भएकोले डडेलो नियन्त्रण गर्न कठिनाई भइरहेको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिनुभयो । डडेलो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयका सहयोगमा नेपाली सेनासमेत परिचालन गरिएको उहाँले बताउनुभयो ।

सेनाका साथै स्थानीय बासिन्दा, वन कार्यालयका कर्मचारीसमेत डडेलो नियन्त्रणमा जुटेका छन् । ती क्षेत्रका सयांै हेक्टर वन डडेलोको चपेटामा परिसकेको वन प्राविधिकले आँकलन गरेका छन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय