Monday 13 January 2025 / मंगलवार, १ माघ २०८१

काठमाडौं । राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीको अवसरमा सोमबार ३० जना कलाकारले एकैसाथ राष्ट्रिय गीतलाई इन्टरनेट रिलिज गरेका छन् । त्यही सच्चा नेपाली बोलको गीतमा सत्यमोहन जोशीदेखि नीर शाहसम्मले अभिनय गरेका छन् । देविका बन्दना र राजन इशानको स्वर छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा इशानकै संगीत समावेश छ । रोशन केसीले निर्माण एवं निर्देशन गरेकी हुन् ।

सत्यमोहन जोशी र नीर शाहसहित गीतमा गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डीसी, नम्रता सापकोटा, नीराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, दिलिप रायमाझी, अनु शाह, छुल्ठिम गुरुङ, धिरेन शाक्य, सम्राट सापकोटा लगायत ३० भन्दा बढी कलाकारले अभिनय गरेका छन् । रामशरण उप्रेतीद्धारा छायांकन गरिएको भिडियोमा विक्रम स्वाँरको नृत्य निर्देशन छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय