Sunday 19 July 2026 / आईतवार, ३ श्रावण २०८३

धनुषा,जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरका पत्रकार उमा सिंहको १२औँ स्मृति दिवस मनाएको छ । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको बताउँदै उहाँका नाममा पत्रकारका लागि गत वर्ष घोषित रु पाँच लाखको अक्षय कोष यस वर्षदेखि विधिवत् रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सो अक्षय कोषबाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारलाई पुरस्कृत गरिने छ । आमा सुशीलासँगै बस्दै आउनुभएका सिंहको २०६५ सालमा आजकै दिन राति करीब ८ बजे जनकपुरको रजौलस्थित डेरामा हत्या गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय