Friday 7 February 2025 / शुक्रबार, २५ माघ २०८१

काठमाडौँ – ‘द कृएटर ग्रुप ‘ द्वारा आयोजित National Creators Award सम्पन्न भएको छ । राष्ट्रिय निर्माणमा योगदान पुर्याउनु भएका समाजिक -राजनीतिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुको सम्मान कार्यक्रम चन्द्रगिरी हिल्समा सफलता पुर्बक सम्पन्न भएको छ ।

सम्मान कार्यक्रममा पुर्व डिआइजी रमेश खरेल, सिएनएन हिरो अनुराधा कोइराला, पुर्व नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, डा. सन्दुक रुइत, र समाजिक अभियन्ता सपना रोक्का मगर सम्मानित भएका थिए ।

राष्ट्रिय निर्माणमा सहयोग पुर्याउनेहरुको क्रममा चन्द्रागिरी ‘हिरो अफ द यिएर’ बाट समाजिक अभियन्ता देबेन्द्र प्रधान ज्यु, दिपक महर्जन, सुमित्रा बस्नेत, डिबि थापा, कान्तिपुर सेक्युरिटीका प्रबन्ध निर्देशक र अभिषेक बिक्रम श्रेष्ठ ज्यु सम्मानित हुनुभएका थिए ।

कार्यक्रमको प्रमुख अतिथीमा पुर्व मन्त्रीपरिषदका अध्यक्ष प्रधान न्यायाधीश खिलराज रेग्मि, विशेष अतिथिमा माननीय रमा आले मगर, अतिथिमा चन्द्रानगिरी नगरपालिकाको मेयर र महत्त्वपूर्ण व्यक्तिहरूको उपस्थिति रहएको थियो ।

‘द कृएटर ग्रुप ‘ का प्रबन्ध निर्देशक नन्द राज महर्जन, उपनिर्देशक सुरेन्द्र श्रेष्ठ , रवि शाही, दिपेन्द्र थापा, राजेन्द्र कुमार राज भन्डारी र बल्लब महर्जनले कार्यक्रम सफल बनाउन राम्रो गृहकार्य गरेका थिए ।

कार्यक्रममा बाजागाजाका साथ नृत्य पनि प्रस्तुत गरिएको थियो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय