Wednesday 2 September 2026 / बुधबार, १७ भाद्र २०८३

काठमाडौं, बालगोपाल महर्जन नेपाल यू- २३ पुरुष फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षकसमेत रहेका बालगोपाल महर्जनलाई नेपाल यू- २३ टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

यसअघि बालगोपालको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि हात पारेको थियो ।

यस्तै, बालगोपालकै प्रशिक्षणमा नेपाल यू- २३ टोलीले घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक हासिल गरेको थियो ।

बालगोपालले टोलीलाई एएफसी यू- २३ एसिया कप छनोटका लागि प्रशिक्षण गराउनेछन् । मुख्य प्रशिक्षकमा बालगोपाल रहँदा सहायक प्रशिक्षकमा सुजित केसी रहेनछन् । यस्तै, गोलरक्षक प्रशिक्षकमा ललित चन्द रहनेछन् ।

समूह ‘बी’मा रहेको नेपालले इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।

नेपालले पहिलो खेल २५ अक्टोबरमा इरानसँग खेल्दा २८ अक्टोबरमा आयोजक ताजकिस्तानसँग खेल्नेछ । यस्तै, ३१ अक्टोबरमा लेबनानसँग खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय