Monday 30 January 2023 / मंगलवार, १७ माघ २०७९

वर्ष २०२१ मा बलिउडमा प्रदर्शन हुने नयाँ चलचित्रहरुको लामै लिष्ट तयार भइसकेको छ । यो वर्ष पर्दामा अहिले सम्म नदेखिएका अभिनेता अभिनेत्रीको जोडी देख्न पाइनेछ ।
दीपिका पादुकोण ऋतिक रोशन
यो वर्ष दीपिका पादुकोण र ऋतिक रोशनको जोडी चलचित्रको पर्दामा पहिलो पटक देख्न पाइनेछ । यो जोडी अभिनीत चलचित्र फाइटरको हालै मात्र एउटा प्रोमो पनि सार्वजनिक भएको छ । यो चलचित्र यो वर्षको सिप्टेम्बरमा प्रदर्शनमा आउने आँकलन गरिएको छ ।
श्रद्धा कपूर रणवीर कपूर
यो वर्ष श्रद्धा कपूर र रणवीर कपूरको जोडीलाई पनि पहिलो पटक ठूलो पर्दामा देख्न पाइनेछ । रोमान्टिक कमेडी हुने बताइएको लव रञ्जन नामक चलचित्र मार्फत् यो जोडीले दर्शकलाई मनोञ्जन प्रदान गर्नेछ ।
दिपिका पादुकोण प्रभास
नाग अश्विनको आगामी चलचित्रमा बलिउडका महानायक अमिताभ बच्चन, साउथका सुपरस्टार प्रभास र दिपिका पादूकोणलाई एक साथ देख्न पाइनेछ । साइन्स फिक्शन रहने बताइएको यो चलचित्रमा पहिलो पटक प्रभास र दिपिकाको जोडी देखिन लागेका हो ।
ज्याकलीन फर्नान्डीज रणवीर सिंह
यो वर्ष पहिलो पटक ज्याकलीन फर्नान्डीज र रणवीर सिंहको जोडी पर्दामा देख्न पाइनेछ । रोहित शेट्ठीको निर्देशन रहने सर्कस नामक चलचित्रमा ज्याकलीन र रणवीरले स्क्रीन शेयर गर्दैगरेको देख्न पाइनेछ । चलचित्र शेक्सपियरको कमेडी अफ एरर्समा आधारित हुने बताइएको छ ।
कैटरिना कैफ सिद्धान्त चतुर्वेदी
सुपरनेचुरल कमेडी बताइएको फोन बूथ नामक चलचित्र मार्फत् पहिलो पटक पर्दामा कैटरिना कैफ र सिद्धान्त चतुर्वेदीको जोडीलाई देख्न पाइनेछ । श्रोतका अनुसार दुवै अभिनेता अभिनेत्री चलचित्रमा भूतका रुपमा देखिनेछन् ।
अक्षय कुमार सारा अली खान
चलचित्र अतरंगी मार्फत् पहिलो पटक पर्दामा जोडी बन्दैछन् अक्षय कुमार र सारा अली खान । चलचित्रमा साउथका सुपरस्टार धनुष पनि हुनेछन् । यी तीनै जना पहिलो पटक स्क्रिीन शेयर गर्दैछन् । आनन्द एल राय यस चलचित्रका निर्देशक हुन् ।
आलिया भट्ट रणवीर कपूर
बलिउडको सबैभन्दा चर्चित रियल लाइफ जोडी रणवीर कपूर र आलिया भट्टको जोडी पहिलो पटक रिल लाइफमा पनि देखिंदैछन् चलचित्र ब्रम्हास्त्र मार्फत् । चलचित्रमा अभिनेता अमिताभ बच्चन पनि अहम् भूमिकामा देखिंदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय