Tuesday 31 January 2023 / मंगलवार, १७ माघ २०७९

काठमाडौँ, हरेक वर्ष नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने अवार्डमार्फत उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी, प्रशिक्षक र संघलाई एकै एकै ठाउमा भेला गरेर सम्मान गर्दै आएको छ ।

यस वर्षको अवार्ड ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को कराते हलमा अपराह्न साढे ४ बजे आयोजना गरिने आयोजकले जनाएको छ ।

पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा १० विधामा खेलाडी र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, टिम अफ दि इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मान घोषणा गरिनेछ।

वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, पिपुल्स च्वाइस र प्रशिक्षकमा ५–५ जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ। जसमध्ये एक–एक जनालाई आज विजेता घोषणा गर्न लागिएको हो।

उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकमा विजयीले एक/एक वटा पल्सर मोटरसाइकल पाउनेछन्। अन्य विधाका विजेतालाई भने जनही ५० हजार रुपैयाँ प्रदान गरिने खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय