Friday 22 May 2026 / शनिबार, ९ जेष्ठ २०८३

लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएकी गायिका सन्ध्या डि आफ्नै शब्द संगीतमा तयार पारिएको ‘मेरी माया आउँदैछिन् ….’ बोलको युगल गीत मार्पmत् दर्शक श्रोता माझ आएकी छिन् । यो गीतमा गायिका सन्ध्यालाई गायक युवराज चौलागाईंले साथ दिएका छन् । गीतले अध्ययन र राजेगारीका लागि विदेशिएका नेपाली चेलीहरुको जीवन शैलीलाई प्रस्तुत गरेको छ । १२ वर्षकै उमेरमा अमेरिका पुगेकी गायिका सन्ध्या झम्सिखेल, ललितपुरी स्थायी वासिन्दा हुन् । विद्यालय अध्ययनकै क्रममा उनले विद्यालय र रेडियो नेपालको बाल कार्यक्रममा पनि गीत गाएकी थिइन् ।

ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको सो गीतका म्युजिक भिडियोमा टिकटकमा हिट भएका पुरुषोत्तम सिग्देलका साथमा सुजान श्रेष्ठ, सब्बु र सृजनासंगै फिचर गरिएका छन् । राजन ईशान गीतका संगीत संयोजक हुन् । गीतका रेकर्डिष्ट राजकुमार बगर हुन् भने मिक्सिङ र मास्टरिङ पनि उनैले गरेका हुन् । रामेश्वर जिरेलको छायाँकन रहेको सो गीतको भिडियो सम्पदान लोकेन्द« सुब्बाले गरेका हुन् । गीतको निर्देशन भने कमल योञ्जनले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय