मोडल सङ्स नेपाल प्रा.लि.को ब्यानरमा द मम् ब्युटी कन्टेष्ट शीर्षकमा नयाँ सौन्दर्य प्रतियोगिताको घोषणा भएको छ । आमा हुनु गौरव, महत्व र गरिमाको सम्मानमा आयोजना गरिन लागिएको यो प्रतियोगिताले आजको आमाहरुको प्रतिभा, व्यक्तित्व, क्षमता, दक्षतालाई प्रतियोगितात्मक मंचको अवसरबाट निखार्न र प्रभावकारिता ल्याउनमा सहयोग गर्दै समग्र सशक्तिकरणमा योगदान पु¥याउने उद्देश्य राखेको छ । प्रतियोगिताका लागि आवेदन खुल्ला भएको र इच्छुक महिलाहरुले सहभागिताका लागि आवेदन दिन सकिने आयोजक पक्षले उल्लेख गरेको छ ।


