Friday 11 September 2026 / शुक्रबार, २६ भाद्र २०८३

काठमाडौं, देशभर पछिल्लो २४ घण्टामा एक हजार १४६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९१६ जनामा परीक्षण गर्दा एक हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित संख्या २७ हजार ९५८ जना रहेको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १५ छन् । नेपालमा सक्रिय संक्रमण दर १९.३ प्रतिशत रहेको छ ।

यस्तै आज एक हजार ६६० जनाले कोरोना जितेका छन् । हालसम्म कूल सात लाख ३६ हजार ६६६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९५ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाले ज्यान गुमाएका छन् । हालसम्म कूल १० हजार ९२४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

हाल देशभर ४५८ जना सघन उपचार कक्ष (आइसियु), १४५ जना भेन्टिलेटर, २६ हजार २९६ जना होम आइसोलेसन, एक हजार ६६२ जना संस्थागत आइसोलेसन र २५२ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय