काठमाडौं थापाथलीको कार्की पार्टी प्यालेसमा बसेको बैठकले ओलीलाई पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी अध्यक्ष पदबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको उनले बताए ।
त्यसपछि रिक्त भएको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको छ । मंगलबारको बैठकले नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा मनोनीत गर्ने स्थायी कमिटीको प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।
बैठकले संसद विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी भन्दै भर्त्सना र अस्वीकार गर्ने निर्णय पनि गरेको छ ।
उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१५ जना सहभागी भएका उनले बताए । प्रचण्ड-माधव समूहले केन्द्रीय कमिटीको अर्को बैठक बिहीबार साढे ११ बजे बोलाएको छ ।

Share This Post

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *