Thursday 12 December 2024 / बिहीबार, २७ मंसिर २०८१

सल्यान, सल्यान जिल्ला संघीय गणतन्त्र नेपालको कर्णाली प्रदेशमा पर्ने जिल्ला हो । प्राकृतिक, धार्मिक, एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान उच्च छ । यो जिल्ला प्राक्रितिक सम्पदा, धार्मिक स्थलहरु र सँस्कृतीले धनी जिल्ला मानिन्छ ।

नेपालको राजधानी काठमाण्डौ देखी करिब ४९६ कि.मी. (मोटर बाटो) को दुरीमा यस जिल्लाको सदरमुकाम खलङ्गा रहेको छ । कुल दश स्थानिय तह भएको सल्यान जिल्लामा ऐतिहासिक महत्व बोकेको विभिन्न प्राकृतिक, धार्मिक एवं सांस्कृतिक र पर्यटनका हिसाबले विभिन्न महत्त्वपूर्ण ठाउँहरु छन् ।

खैरावाङ भुवनेश्वरी मन्दिर, छत्रेश्वरी मन्दिर, फलाबाङ दरबार, कुपिण्डे ताल, कछुवा दह, कालिमाटी गंगामाला मन्दिर, मोखला शिव गुफा, जथाक लेक, कुमाख लेक, लसुने लेक, मालिका लेक जस्ता ठाउँहरु जिल्लाका महत्त्वपूर्ण पर्यटकीय स्थलहरु हुन ।

जिल्लाको उतर पश्चिममा बग्ने भेरी नदी र मध्ये भागबाट बग्ने शारदा नदिका साथै मर्म खोला‚ वनगाड खोला‚ कोर्वाङ खोला‚ दार्मा खोला‚ मोखला खोला‚ चाक्ला खोला जस्ता खोलाहरु एंव ज्यूला वेशी र फांटहरुले जिल्लालाइ उर्वरता प्रदान गरेका छ्न् ।

यस जिल्लामा पाइने ढारखानिको अदुवा‚ कपुरकोटको तरकारी, कोटमाैलाका सुन्तला, बाफुखोलाका आलु, निगालचुलाको टिमुर, कालिमाटीको मह, सल्यानी खुकुरी जस्ता चिजहरुले जिल्लालाई चिनाउन महत्त्वपूर्ण भुमिका खेलेका छन् ।

खलङ्गा, श्रीनगर, लान्ती, लुहाम, कपुरकोट, मोखला, कालाखेत, थारमारे, बागचाैर, खरीबोट, सल्लीबजार, बालुवासंग्रही, बाङ्गेलाखुरी, ढोरचौर, पातिहाल्न, काभ्रा, रिमजस्ता बजारहरु सल्यान जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन् ।

भौगोलिक अबस्थीतिले पहाडमा पर्ने सल्यान जिल्लाको कुल क्षेत्रफल १,४६२ वर्ग कि.मी. रहेको छ । यहाँ बाहुन, क्षेत्रि, मगर, कामी, दमाई,नेवार समुदायको बहुल्यता रहेको छ ।

तस्वीरहरु : बामदेव के.सी, सल्यान – राष्ट्रिय फोटोपत्रकार समुह,कर्णाली प्रदेश सदस्य

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय