नेवाः फिल्म सोसाईटीको आठौं वार्षिक साधारण सभा र दोश्रो अधिवेशन सम्पन्न भएको छ । ललितपुरमा सम्पन्न उक्त सभाबाट संचारकर्मी बिराजकाजी राजोपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । सभाले राजोपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । निर्विरोध निर्वाचित सोसाईटीको नयाँ कार्य समितिको उपाध्यक्षमा दर्शनबीर शाक्य रहेका छन् । त्यस्तै महासचिवमा आभास राजोपाध्याय चुनिएका छन् भने सचिव पदमा रोहन श्रेष्ठ छन् । कोषाध्यक्षमा सुनिता श्रेष्ठ पनि सर्वसम्मत चयन भइन् । ६ जना सदस्यमा रुपेन्द्रकुमार श्रेष्ठ, राजन शाही, राकेश प्रधानाङ्ग, बिशाल राजभण्डारी, कृष्णशोभा महर्जन र रोजिना सुवाल रहेका छन् । नवनिर्वाचित कार्य समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई सोसाईटीका निवर्तमान अध्यक्ष लुःजः सिंहले खादा ओढाए भने वरिष्ठ कलाकार राजेन्द्रमान शाक्यले प्रमाण पत्र प्रदान गरे । वरिष्ठ कलाकार शाक्यले सोसाईटीको निर्वाचन समिति संयोजकको रुपमा अधिवेशनको निर्वाचन प्रकृया सम्पन्न गरेका थिए ।

निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष राजोपाध्यायले नेवाः चलचत्रिकर्मीको साथमा नेवाः चलचित्र क्षेत्रको समस्या, आवश्यकताको सम्वोधनका लागि राज्य तहमा सम्वादलाई अगाडी बढाउने बताए । सम्पूर्ण नेवाः चलचित्रकर्मीलाई एक ढिक्का बनाउँदै आदिवासी जनजाति चलचित्रकर्मीको पनि साथ लिएर मातृभाषी चलचित्र क्षेत्रको बृहत्तर विकासमा सोसाईटीलाई सक्रिय बनाउने राजोपाध्यायको भनाई थियो ।


