Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं, मोडलको परिचयबाट सबैको प्रिय बनेका दुर्गेश थापा पछिल्लो गायनको माध्यमले अझै चर्चाको शिखरमा छन् । चलचित्र छक्का पञ्जामा पब्लिसिटी गीतको रुपमा ‘बीचबीचमा’ गीत बजारमा आएपछि उनको चर्चाले शिखर चुम्यो ।

त्यसपछि उनी निरन्तर मोडलिङसँगै गायनतर्फ मोडिए । त्यसपछि निरन्तर केही बजारमा आए । उनका गीतले बजारमा फरकखालको तरङ्ग नै ल्याइदियो ।

पछिल्लो समय तिजमा बजारमा आएको उनको गीत ‘ख्यास पुतली’ ले बजारमा नकारात्मक प्रतिक्रिया धेरैको पायो भने सकारात्मक तरिकाले उनले समाजमा भएका गतिविधि अनुसार आफूले प्रस्तुत समेत गरे ।

तर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा सोही विषयमा ठूलै बहस पनि भयो । उनलाई कारवाही गरियो पनि । तर उनले सोही कारवाहीले आफूलाई केही नहुने भन्दै हिंडे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय