Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरिएकोसम्बन्धी प्राप्त पत्रको व्येहोरा पढेर सुनाउनुभयो ।

दुवै सदनको बैठकबाट पारित भई उक्त विधेयक यही असोज ७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराउनुभयो ।

उहाँले राष्ट्रियसभाबाट आजै पारित ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ का सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराउनुभएको हो ।

बैठक प्रारम्भ हुनेबित्तिकै आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही असोज १४ गते १ बजे बस्नेछ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय