Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

काठमाडौं, स्वदेश फर्केलगत्तै राष्ट्रिय फुटबल खेलाडी विमल घर्तिमगरले व्यक्तिगत रुपमा प्रशिक्षण सुरु गरेका छन् । घुँडाको शल्यक्रियाका लागि कतार गएका विमल ९ महिना भन्दा लामो समयपछि स्वदेश फर्केका थिए ।

‘लामो समयपछि प्रशिक्षणमा फर्केको त्यो पनि घाइते भएकै मैदानमा । फेरि त्यस्तै होला भन्ने मनमा अलि डर जस्तो त हुने रहेछ’, विमलले भने, ‘भिडेर प्रशिक्षण गरेको छैन । धेरै पछि मैदानमा फर्कदा उत्साहित छु ।’

मैदान फर्कंदा रमाइलो महसुस भएको जनाउँदै विमलले भने नयाँ जोश आएको छ । ‘अहिले एक्लै प्रशिक्षण गरेको छु । भिडेर खेलेको छैन,’
विमल आइतबार स्वदेश फर्केका थिए । एन्फा एकेडेमीको मैदानमा प्रशिक्षण गरिरहेको यू२३ टोलीसँगै विमलले मंगलबार प्रशिक्षण गरेका थिए । गत वर्ष पुसमा राष्ट्रिय टोलीको प्रशिक्षकका दौरान सोही मैदानमा विमलको घुँडामा चोट लागेको थियो । उनको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको थियो ।

कतारस्थित अस्पेटार अस्पतालमा फागुन २५ गते उनको घुँडाको सफल शल्यक्रिया भएको थियो । त्यसयता आफ्नो घुँडामा निकै सुधार भएको विमलले बताएका । एक महिना जति प्रशिक्षणमा सामेल भएपछि मात्र मैदान फर्कने सम्भावना रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएको विमलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय