जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको पहिलो संस्करणको मिस नेवाः वर्ल्ड २०२१ को प्रतियोगितामा न्यान्सी महर्जनले विजेताको ताज पहिरिन सफल भएकी छिन् । प्रतियोगितामा न्यान्सीले ट्यालेन्ट र पर्सनालिटी विधाको अवार्ड पनि जितेकी थिइन् । यसैगरी प्रतियोगितामा मिनिशा डंगोल कल्चुरल एम्बेसडरको अवार्ड सहित फस्ट रनर अप तथा वेष्ट वाक र डिसिप्लीनको अवार्ड सहित यशश्वी श्रेष्ठले सेकेन्ड रनर अपको उपाधि जित्न सफल भइन् ।
मिस नेवाः वल्र्ड २०२१को विजेता घोषणा पूर्व मिस नेपाल कल्चर २०१६ तथा मिस ग्राण्ड नेपाल २०१८ रहिसकेकी उरुषा जोशीलाई मिस नेवाः वर्ल्ड २०२०को मान पदवी प्रदान गरी ताज पहि¥याइएको थियो । सो कार्यक्रममा अनुशा सृक्राकार नेपाल भाषा, जेनिशा रंजीतकार मल्टिमिडिया, सिल्रिया ताम्राकार एक्युट, रेनिशा रंजीतकार वेष्ट ड्रेस, कृपा तण्डुकार वेस्ट स्कीन, सुदिक्षा स्थापित सोसल एम्बेसडर तथा प्रशंसा मानन्धर वेष्ट हेयर अवार्ड विजेताका रुपमा चयन गरिएका थिए । प्रतियोगिता काराओको इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा आयोजना गरिएको थियो । प्रतियोगिताको कोरियोग्राफी उरुषा जोशीले गरेकी थिइन् ।


