‘उही खोलीमा पानी’ सार्वजनिक भएको पाँच वर्षपछि ‘उही खोलीमा पानी २- जवानीको औषधि’ सार्वजनिक गरिएको छ ।
शुक्रबार मात्रै बसन्त थापा र देवी घर्तीको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
केशव पौडेलले कोरेका शब्दमा खेम पुनले संगीत भरेका छन् भने गीतमा याम थापा मगरको एरेन्ज रहेको छ ।
दोलखा जिल्लामा मनोरम दृश्यहरुमा भिडियोको छायांकन गरिएको छ । चित्र मास्की मगरको निर्देशन रहेको भिडियोमा लोमश शर्मा र रबिना भण्डारीको अभिनय छ । विवेक बि.क.को छायांकन रहेको भिडियोमा पदम सुवेदीको ग्राफिक्स एवं सम्पादन छ ।


