Friday 28 August 2026 / शुक्रबार, १२ भाद्र २०८३

काठमाडौँ, ओंठ तथा तर्कुलो फाटेका बालबालिकाको बोलीमा स्पष्टता ल्याउन रिसर्ज इण्टरनेशल र फेक्ट नेपालद्वारा देशव्यापी रुपमा गतः १५ बर्ष भन्दा धेरै समय देखि गरिंदैन आएको स्पिचथेरापीको बारेमा सिर्जना गरिएको गीतको आज फेक्ट नेपाल अन्तर्गत कीर्तिपुर अस्पतालमा फेक्ट नेपालका संरक्षक तथा जनकवि दुर्गालाल श्रेष्ठ र लोकप्रिय गायिका आनी छोयङ् डोल्माबाट संयुक्त रुपमा विमोचन गरियो।

डाक्टर किरण नकर्मीद्वारा रचना र सङ्गीत दिइएको सो गीतलाई सङ्गीतकार हरिशरण सायमीले एरेञ्जिङ् गरी स्ट्रिङ्स. स्टुडियोमा रेकर्डिङ गरिएको थियो।

सो गीतलाई किरण नकर्मी, कविता भट्टराई, प्रभा ढकाल, मोहनकृष्ण डंगोल, न्हसला मानन्धर, रीचा सुवेदी, नोखी कराला र एलिशा ज्ञवाली ले स्वरबद्ध गर्नुभएको थियो।

प्रदीपराज वन्तले तस्विर र भिडियो लिनुभएको सो गीतको भिडियो सम्पादन औरा क्रियसन्स र दीपक बज्राचार्यद्वारा गरिएको थियो।

उक्त समारोहमा जनकवि दुर्गालालले पुनर्संरचनात्मक शल्यचिकित्सकलाई भगवानले गरेको गल्ती सच्याउन देवदूतको संज्ञा दिनुभयो।

रिसर्ज इण्टरनेशलका नेपाल निर्देशक प्राध्यापक डाक्टर शंकरमान राईले गीतको सान्दर्भिकताको बारेमा चर्चा गर्नु भयो। फेक्ट नेपालका कार्यकारी निर्देशक गौरी प्रधानले सो गीतले बोलीमा समस्या भएका बालबालिकालाई बोली सुधार गर्न प्रोत्साहन मिल्ने कुरा उल्लेख गर्नुभयो। फेक्ट नेपालका कार्यकारी अध्यक्ष डाक्टर भरत प्रधानले फरक क्षमता भएका बालबालिका पनि सामान्य बालबालिका जत्तिकै क्षमतावान हुने हुँदा उनीहरूलाई अपहेलना हैन अवसर प्रदान गर्नु जरुरी छ भन्नु भयो।

उक्त कार्यक्रममा कलाकारहरू, फेक्ट नेपालका कर्मचारीसँगै जुममार्फत देश विदेशबाट स्पिचथेरापिष्टहरू र अन्य सुभेच्छुकहरूको सहभागिता थियो। सो गीत फेक्ट नेपालको आधिकारिक युट्यूब च्यानलबाट सार्वजनिक गरिंदैछ। अंग्रेजी सबटाइटल भएको सो गीतको भिडियो रिसर्ज इण्टरनेशलको आधाकारिक वेभपेजबाट पनि सार्वजनिक हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय