Saturday 4 February 2023 / आईतवार, २२ माघ २०७९

काठमाडौं , प्रचण्डमाधव समूहको काठमाडौ जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा प्रचण्डमाधव समूहका नेता पुष्पकमल दाहाल प्रचण्डले ओलीले अहिले सबैभन्दा ठूलो आफूलाई ठानेकाले आफूबाहेकका अरुलाई नटेरेको आरोप लगाए ।

प्रचण्डले आफू माधवकुमार नेपाल दुबै पहिलो वरियताको र १ नम्बर अध्यक्ष रहेको भन्दै मिल्नेहरुको कुरा बेग्लै हुने बताए । ओली निर्घिणी पात्र रहेकाले उनीसँग कुरा नमिलेको उनले बताए ।

राजनीति गर्ने व्यक्तिमा अलिकति भएपनि लाज हुनुपर्ने भन्दै प्रचण्डले ओलीमा लाज, घिन केही नभएकाले आफूसँग सहकार्य नभएको बताए । प्रचण्डले माधव नेपालसँग सौहार्द सम्बन्ध भएकाले आफूहरु अहिले एक भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय