Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

नेपाली फेसन मोडलिङ क्षेत्रको निरन्तरता र व्यवसायिक उपलब्धीमा विभिन्न पक्षबाट योगदान पु¥याएका अग्रज तथा नवप्रवेशी फेसन मोडलिङका व्यवसायिक व्यक्तिहरुमा समर्पित हुँदै आयोजना गरिंदै आएको पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्ड २०२१ को तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानी शहरको कान्तिपन्थ स्थित होटल यलो पागोडामा संचालन भएको सो अवार्ड कार्यक्रममा अभिनेता रमेश उप्रेतीलाई एभरग्रीन सिने फेसन आइकनको अवार्डबाट सम्मान गरिएको थियो भने मिस नेपाल २०१५ ईभाना मानन्धरलाई मोस्ट ईन्फ्लेन्शुयल मिस नेपालका रुपमा सम्मान गरिएको थियो । यसैगरी राजनीतिकर्मी र सामाजिक अभियन्ता रविन्द« प्रताप शाह मोस्ट ईन्फ्लेन्शुयल सोसल एक्टिभिस्ट अवार्डबाट सम्मानीत गरिएको थियो ।
अवार्ड कार्यक्रमको विशेष विधातर्फ मनिश राई वेष्ट इन्टरनेसनल फेसन डिजाइनर, उकिशान चन्द« गुरुङ वेष्ट मेकअप आर्टिष्ट, डा. अनिल कुमार भट्ट वेष्ट कस्मेटिक डर्माटोलिष्ट, निक्की लवजु वेष्ट इन्टरनेसनल टिन सुपरमोडलका रुपमा पुरस्कृत भएका थिए । कार्यक्रममा सुगन्धा अधिकारी र अर्मान शाहनी वेष्ट फेसन कोरियोग्राफर विधामा पुरस्कृत भएका थिए भने मिगेश उदास र ईशु मगर वेष्ट फेसन डिजाइनरका रुपमा पुरस्कृत भएका थिए ।
राजन बुढाथोकी कार्यक्रममा वेष्ट फेसन इभेन्ट अर्गनाइजर, नितु श्रेष्ठ वेष्ट मिसेस् ईभेन्ट अर्गनाइज, रन्जिता लामा वेष्ट इभेन्ट अर्गनाइजर फिमेल, कृष्ण श्रेष्ठ रोबिन वेष्ट ईभेन्ट अर्गनाइजर मेल तथा आशिष नापित वेष्ट ईभेन्ट डारेक्टरका रुपमा पुरस्कृत भएका थिए । कार्यक्रमको प्रिटिन र टिन विधामा अपेक्षा शेरचन वेष्ट इन्टरनेसनल रनवे मोडल प्रिटिन, दिलास्था बुद्धाचार्य वेष्ट इन्टरनेसनल फेसन मोडल प्रिटिन, आर्यन ज्याखो वेष्ट इन्टरनेसनल फेसन मोडल टिन मेल तथा वैभवी शाह वेष्ट इन्टरनेसनल मोडल टिन फिमेल अवार्डबाट गरिएका थिए ।
हिमालय मूभिज प्रोडक्सन हाउसको सहकार्यमा प्याजेन्ट नेपाल इन्टरनेसनलद्धारा आयोजना गरिएको सो अवार्ड कार्यक्रमलाई मिष्टर मोडल अफ द वल्र्ड २०१८ दिक्पाल कार्की र मिस कस्मपोलिटन वल्र्ड २०१९ प्रिया रानी लामाले संयुक्त रुपमा संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय