Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

जनकपुर, मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोतर प्रगतिको कामना गर्नुभएको छ ।

जातीयता एवं धार्मिक सांस्कृतिक विविधताले सम्पन्न यस मुलुकमा मकर सङ्क्रान्ति तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्षोल्लासका साथ मनाउने गरिएको कुरा मुख्यमन्त्री तथा मुख्यमन्त्री सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस पर्वका माध्यमबाट नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण र सम्बद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभएको छ । उहाँले यस पर्वका अवसरमा तीलको लड्डु खिचडी, घ्यूका साथै तरुल, कन्दमूल र चाकुलगायतका परिकार खाएर एकापस साटासाट गरेर पर्व मनाउने गरिएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय