Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

काठमाडौं, पछिल्लो समय म्यजिक भिडियो निर्माणमा पनि सक्रियता देखाउन थालेको प्रोमोटिङ सोलुसनको ब्यानरमा अर्को एउटा म्युजिक भिडियोको निर्माण कार्य पनि सम्पन्न भएको छ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वर रहेको ‘धनवीर मनवीर…. ’बोलको गीतको भिडियो भर्खरै मात्र निर्माण सम्पन्न भएको हो । टेकेन्द्र शाहको निर्देशन रहेको यो भिडियोमा गायकद्धय दुर्गेश थापा र प्रकास सपूतका साथमा प्रोमोटिङ सोलुसनका प्रशासक एवं मोडल प्रमिला क्षेत्रीको अभिनय देख्न पाइनेछ । यसअघि गायक प्रकाश र प्रमिलाको जोडीलाई गायक प्रताप दास र गायिका रजिना रिमालको स्वर रहेको ‘सृजनाकी श्रेष्ठ तिमी…..’ बोलको भिडियोमा देख्न पाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर