द भ्वाइस अफ नेपालका नयाँ कोच बनिन् गायिका तृष्णा गुरुङ

काठमाडौं, अन्तर्राष्ट्रिय फ्रान्चाइजको गायन विधामा आधारित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सीजन थ्रीको नयाँ कोचका रुपमा गायिका तृष्णा गुरुङ अनुबन्धीत भएका छन् । हाल यो कार्यक्रमको डिजिटल अडिसन संचालन भइरहेको छ भने कार्यक्रमको प्रशारण एक महिनापछि हिमालय टेलिभिजन एचडी मार्फत् हुनेछ । कार्यक्रमको निर्देशन लक्ष्मण पौडेलले गर्नेछन् भने संचालनको जिम्मेवारी सुशील नेपालले सम्हालेन्छन् । शोको चार जना कोच मध्ये गायकत्रय दिप श्रेष्ठ, प्रमोद खरेल तथा राजु लामा यथावत रहने भएका छन् । यस अघि द भ्वाइस अफ नेपाल सीजन टूमा महिला कोचका रुपमा गायिका आस्था राउत र त्यो भन्दा अगाडि सीजन वन्मा अभया सुब्बा महिला कोचका रुपमा रहेकी थिइन् । द भ्वाइस अफ नेपाल सीजन वन्का विजेता सिडी विजय अधिकारी भएका थिए भन् राम लिम्बु सीजन टू विजेता हुन् ।

Share This Post

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *