Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

गायिका अपेक्षा गिरीको नयाँ गीत ‘निष्ठुरी परदेशी’ को भिडियो सहित सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत रहेको दसैँको अवसर पारेर सार्वजनिक गीतमा शब्द गायिका गिरीले नै कोरेकी हुन् ।
भिडियोमा चिरञ्जिवी सापकोटा र गरिमा शर्माको अभिनय छ । भारतीय सेनामा गएका श्रीमान्को पर्खाइमा बाटो हेरेर बसेकी श्रीमतीको कथा भिडियो बोल्छ ।

सिर्जन बरालको निर्देशन रहेको भिडियोमा शिवसरण न्यौपानेको छायाँंकन र अमृत चापागाईँको सम्पादन छ । गायिका गिरीले यस अगाडि सुनिल गिरीसँग ‘सोल्टिनी’ र टंक तिमिल्सिना ‘माया नमार्नु नि है’ जस्ता सफल गीत दिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय