टिनएज युवतीहरुको समग्र व्यक्तित्व विकास र सशक्तिकरणमा केन्दि«त प्रतियोगिता मिस टिनएजर नेपाल २०२१ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा शिला प्रजापतिले वेष्ट पर्फमेन्स विधाको अवार्ड सहित मिस टिनएजर नेपाल २०२१ को ताज पहिरिन सफल भएकी छिन् । प्रतियोगितामा भ्युअर च्वाइस अवार्ड सहित दिप्ता थापा मगर फस्ट रनर अप, मल्टिमिडिया अवार्ड सहित कृजेन्शा सिलवाल सेकेन्ड रनर अप, कन्जिलियाटी अवार्ड सहित अर्पणा लिम्बु थर्ड रनर अप तथा म्यानेज्मेन्ट च्वाइस अवार्ड सहित रिजा कोन्डा फोर्थ रनर अपका रुपमा चयन भएका थिए ।
एमी इन्टरटेन्मेन्टको ब्यानरमा सम्पन्न भएको सो प्रतियोगितामा सवेरा बुद्धाचार्य ट्यालेन्ट, मिना थापा मगर पर्सनालिटी, आकांक्षा श्रेष्ठ वाक, रस्ति महर्जन चार्मिङ, अनु मगर डिसिप्लीन, मुस्कान दास स्टालिस, अंशु प्रजापति फोटोजेनिक र संचिता श्रेष्ठ पब्लिक च्वाइस विधामा विजेता चयन भएका थिए । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको सो प्रतियोगिताको संचालन एवं कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन् ।


