Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

ईम्पेरियल क्वीन इभेन्ट्सको ब्यारनमा कृष्ण श्रेष्ठ, रोबेनको आयोजनामा सम्पन्न भएको मिष्टर एण्ड मिस टिन सुपर मोडल २०२१ को शीर्ष उपाधि हकदारका रुपमा रोजक श्रेष्ठ र सुहानी सिंह छनौट भएका छन् । बालकुमारीस्थित म्युजिक सिटी हलमा संचालन भएको सो प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा सेहाङ राई र सुलभा न्यौपाने फस्ट रनर अप सरफारज खान र क्यारेन प्रधानाङ् सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए ।
प्रतियोगितामा इच्छाहाङ लिम्बु थर्ड रनर अप, प्रशान्त थापा मगर र प्रशंसा राउत अर्गनाइजर च्वाइस, अम्बिका गोरजु ब्युटी विथ ब्रेन तथा लोकेश बोगटी र लाकडोल्मा शेर्पा ब्राण्ड एम्बेसडरका रुपमा चयन भएका थिए । प्रतियोगिता सुगन्धा अधिकारी कोरियोग्राफीमा सम्पन्न भएको थियो भने ईभा शाही र विपिन खड्का कार्यक्रमका सहायक कोरियोग्राफरका रुपमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय