Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

दुबईमा यही अक्टोबर २८, २९ र ३० तारिखमा संचालन हुने वर्ल्ड फेसन फेस्टिभल अवार्डमा नेपालका नवीन शाहले मोडल रुपमा पर्फम गर्ने भएका छन् । पेशाले चिकित्सक समेत रहेका मोडल नवीन शाह सो अवार्ड कार्यक्रममा इन्टरनेसनल वेष्ट मोडल विधा मनोनित भएका हुन् । मिष्टर कलेज २००९ को उपाधि विजेता पनि रहेका डा. नवीनले २०१६ मा पनास रनवे सिजन टूमा वेष्ट पर्सनालिटीको अवार्ड पनि जितेका थिए । विभिन्न फेसन शो, मोडलिङ प्रोजेक्टमा पनि उपस्थिति जनाइसकेका डा. नवीन ड्रिम इन्स्टिच्युट अफ मोडलिङ एण्ड फेसनका प्रबन्ध निर्देशक पनि हुन् । उनी सर्वाङ्ग हस्पिटलमा मेडिकल अफिसरका रुपमा कार्यरत रहेका छन् ।
दुबईमा आयोजना हुँदै आएको वर्ल्ड फेसन फेस्टिभल अवार्ड यस पटक सोफिटेल पाल्म दुबईमा संचालन हुँदैछ । कला, सौन्दर्य, संस्कृति र फेसन विधामा योगदान दिएका र उपलब्धी हासिल गरेका घरेलु तथा अन्तर्राष्ट्रिय प्रोफेसनलहरुलाई विश्वस्तरको पहिचान प्रदान गरेसंगै पुरस्कृत गर्ने हेतुले यो कार्यक्रम संचालन हुँदै आएको हो । कार्यक्रममा फेसन शीर्षकमा अन्तर्गत वेष्ट ड्रेस, वेष्ट कलेक्सन, वेष्ट इमर्जिङ फेसन डिजाइनर, ब्युटी अन्तर्गत वेष्ट मेकअप आर्टिष्ट र वेष्ट हेयर स्टाइलिष्ट, मोडल विधामा वेष्ट मेल र वेष्ट फिमेल मोडल तथा मिडिया अन्तर्गत वेष्ट मिडिया कभरेज, वेष्ट फोटोग्राफर तथा वेष्ट ब्लगर एवं इन्फ्लेन्सर विधामा पुरस्कृत गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय