Friday 10 July 2026 / शनिबार, २७ असार २०८३

मिस ग्राण्ड इन्टरनेसनल २०२१ मा रोनाली अमात्यले औपचारिक रुपमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छिन् मिस ग्राण्ड इन्टरनेसनलका लागि नेपालका लागि फ्रान्चाइज संस्था बली क्लब ग्रुप नेपालले ब्युटी क्वीन, सेलिब्रेटी मोडल तथा योगा प्रशिक्षक समेत रहेकी २५ वर्षिया रोनालीलाई मिस ग्राण्ड नेपाल २०२१ का रुपमा घोषणा चयन गरेको हो । यस अघि सोही संस्थाबाट निशा पाठकले २०१९मा र अम्बिका जोशी राणाले २०२०ले नेपालको तर्फबाट मिस ग्राण्ड इन्टरनेसनलमा सहभागिता जनाएकी थिइन् । नवौं संस्करणको मिस ग्राण्ड इन्टरनेसनल २०२१ आउँदो नोभेम्बर १६ देखि डिसेम्बर ५ तारिखसम्म थाइल्याण्डमा संचालन हुँदैछ भने प्रतियोगिताको ग्राण्ड फाइनल प्रतिस्पर्धा आउँदो डिसेम्बर ४ तारिखमा थाइल्याण्डको फुकेटमा सम्पन्न हुनेछ ।
यस अघि रोनालीले मोडल हन्ट नेपाल २०१६ को उपाधि जितेकी थिइन् भने २०१७ मा उनले इजिप्टमा संचालन भएको मिस ईको इन्टरनेसनल २०१७ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । ग्रीन आर्टस् मिडियाले मिस ईको इन्टरनेसनल नेपाल २०१७ का रुपमा चयन गरेपछि मिस ईको इन्टरनेसनल २०१७ मा नेपालका तर्फबाट सहभागिता जनाएकी रोनाली सो अन्तर्राष्ट्रिय प्रतियोगितामा भने मिस कन्जिनियालिटीको अवार्ड जित्न सफल भएकी थिइन् । ५ फिट ८ इन्च उँचाईकी धनी रोनाली मिस नेपाल २०१८ मा सहभागि भएसंगै मिस नेपाल इन्टरनेसनल २०१८ को ताज पहिरिन सफल भएकी थिइन् । यसपश्चात् उनले जापानको टोकियो शहरमा संचालन भएको ५८ औं संस्करणको मिस इन्टरनेसनल २०१८ मा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय