फिल्म ‘चुरीफुरी’को शिर्ष गीत सार्वजनिक भएको छ । ओइ ओइ पियारी बोलको गीतको भिडियो सोमबार प्रेसमिट गर्दै सार्वजनिक गरिएको हो । थुप्रै कलाकारहरु प्रस्तुत गीतको भिडियो हेर्नुस् :
गीतमा दिपक शर्माको संगीत छ । गीतका शब्द लेख्न संगीतकार शर्मासँग फिल्मका निर्देशक ऋषिराज आचार्यले सहकार्य गरेका छन् । गीतमा स्वर गायिका वेनिशा पौडेल र गायक समिर आचार्यले दिएका छन् । भिडियोमा अभिषेक श्रेष्ठ, पूजा पन्त, राजिवजंग बस्नेत, रविन्द्र झा, शिशिर भण्डारी लगायत कलाकारहरुलाई देख्न सकिन्छ । गीतको भिडियोलाई भिमफेदी गाइजले गरेको छ ।
फिल्म ‘चुरीफुरी’को कथा, पटकथा र निर्देशन ऋषिराज आचार्यले गरेका हुन् । फिल्मका कार्यकारी निर्माता पनि आचार्य नै हुन् । लभ कमेडी जनराको फिल्म चुरीफुरीको प्रदर्शन मिति पुष ९ गतेलाई तोकिएको छ ।


