Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

नारी मासिकको कार्तिक अंकको कभरमा डा.त्रिशाला गुरुङ फिचर भएकी छिन् । गायिकाका रुपमा पनि ख्याति कमाएकी डा. त्रिशालाको शालीन सौन्दर्यलाई नारी मासिकको कभर पेजमा प्रस्तुत गरिएको हो । कुपण्डोल स्थित ड्रिम फेसन वेयर द बुटिककी फेसन डिजाइन मन्जु बञ्जारा ढकालद्धारा डिजाइन गरिएको पहिरनमा सजिएकी त्रिशालाको सुन्दर तस्वीरहरुलाई फेसन फोटोग्राफर महेश प्रधानले आफ्नो क्यामरामा कैद गरेका हुन् भने फोटोशुट नक्साल स्थित अरण्या बुटिक होटलमा सम्पन्न गरिएको थियो ।
पेशाले चिकित्सक रहेकी त्रिशाला गुरुङले नेपाल मेडिकल कलेजबाट चिकित्सा सम्बन्धी पढाई पूरा गरेकी हुन् । कभर गीतहरु गाएर सांगीतिक क्षेत्रमा आफ्नो परिचयको दायरा फराकिलो बनाएकी त्रिशालाले सय भन्दा गीतमा आफ्नो कर्णप्रिय आवाज दिइसकेकी छिन् । उनी गायन बाहेक गीत लेखन र संगीत भर्ने काममा पनि उक्तिकै सक्रिय छिन् ।
सुन्दर मुहार र सुरिलो आवाजकी धनी गायिका एवं चिकित्सक त्रिशाला गुरुङ सामाजिक सञ्जालमा पनि उत्तिकै हिट छिन् । उनको फेसबुक पेजमा ४०६के भन्दा बढी फोलोअर रहेको छ भने इन्स्टाग्राममा २४६के भन्दा बढी फोलोअर रहेका छन् । पछिल्लो पटक उनी भारतीय गायक सनम पुरीको ‘प्यार हुवा चुपकेसे ……. बोलको गीतको म्युजिक भिडियोमा फिचर भएसंगै उनको लोकप्रियता थप चुलिएको छ । सो गीतमा आवाज दिनुका साथैं डा. त्रिशालाले मोडलका रुपमा पनि अभिनय गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय