काठमाडौं । नेकपाको दुवै पक्षले स्थायी समिति बैठक बोलाएका छन् । प्रचण्ड–माधव नेपाल पक्षले कोटेश्वरमा बैठक बोलाएका हुन् भने प्रधानमन्त्री केपी ओली पक्षले बालुवाटारमा ।
ओली पक्षको बैठक बालुवाटारमा जारी छ भने प्रचण्ड–माधव पक्षको बैठक दिउँसो ३ बजेबाट कोटेश्वरमा बस्दैछ । बैठकमा ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन र सांगठानिक विषयमा छलफल गर्ने नेता योगेश भट्टराईले जानकारी दिए ।
‘प्रतिमन विरुद्धको आन्दोलनको समिक्षाका साथै सांगठानिक विषयमा छलफल गर्ने एजेण्डा तय गरिएका छन्’
ओली पक्ष संसद विघटनको समर्थन र प्रचण्ड पक्षले त्यसको विपक्षमा आफ्ना गतिविधि तीव्र बनाएका छन् । ओली पक्ष आगामी बैशाख १७ र २७ को निर्वाचनको तयारीमा छ भने प्रचण्ड पक्ष ओलीको प्रतिगामी कदम सच्याउदै संसद पुनःस्थापनाको माग लिएर आन्दोलनमा होमिएको छ ।